images
images

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले समाज डेण्टल अस्पतालको सेवामा विशेष छुट पाउने

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले समाज डेण्टल अस्पतालको सेवामा विशेष छुट पाउने

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले समाज डेण्टल अस्पतालको सेवामा विशेष छुट पाउने
    images
    images

    काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबिच शुक्रबार छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा छुट दिने उद्देश्यले उक्त छुट सम्झौता भएको हो ।

    सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई १० प्रतिशतले छुट हुने भएको छ । 

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौँस्थित नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुर स्थित जावलाखेल, ईमाडोल र काभ्रेपलाञ्चोक स्थित बनेपामा रहेका समाज डेण्टल अस्पतालका क्लिनिकहरुले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार