images
images

दाउन्ने एग्रो फार्मले आइपिओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक

दाउन्ने एग्रो फार्मले आइपिओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • दाउन्ने एग्रो फार्मले आइपिओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक

    काठमाडौँ / सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । 

    images
    images
    images
    images

    उक्त सम्झौतामा दाउन्ने एग्रो फार्म लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिनोद पोखरेल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्म लिमिटेडको साधारण शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

    दाउन्ने एग्रो फार्म वि.स. २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने कम्पनी हो जसले जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वाताअनुकुलित प्रविधिको प्रयोग गरी कुल ४ लाख लेयर्स कुखुराबाट प्रतिदिन १७०० कार्टुन ‘एन्टिबायोटिक फ्री’ एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश शहरी, अर्ध शहरी, एवम् पर्यट्कीय क्षेत्रमा बिक्री वितरण गर्दै आईरहेको छ ।

    साथै कम्पनीले फार्मको सम्पूर्ण गतिविधिहरूलाई अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको इआरपि सफ्टवेयर प्रयोगमा ल्याएको छ जसबाट कम्पनीद्वारा उत्पादित अन्डाको प्रतिइकाई लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापन लगाएतका सम्पूर्ण गतिविधिहरुलाई निगरानी राख्ने गरिएको छ । 

    उक्त फार्मले भविष्यमा कुल ६ लाख कुखुराबाट प्रति दिन २६ सय कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको छ । दाउन्ने एग्रो फार्म विनयी त्रिवेणी गाँउपालिका वडा नं. ३, सर्दी, नवलपुर जिल्ला, गण्डकी प्रदेशमा अवस्थित छ ।
    सो कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेड अन्र्तगतको नेपाल अपरच्युनिटी फन्ड – १ को समेत लगानी रहेको छ । 

    सिटिजन्स क्यापिटल लिमिटेडले कम्पनीलाई शेयर निष्काशनसम्बन्धी परामर्श र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात प्रारम्भिक शेयर निष्काशनको निष्काशन प्रबन्ध गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार