images
images

सातै प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

सातै प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • सातै प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं/ आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिएको छ । 

    images
    images
    images
    images

    साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

    बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान छ।

    त्यस्तै बुधबार दिउँसो सबै प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार