images
images

सिटिजन्स बैंकका ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा आकर्षक छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा आकर्षक छुट पाउने

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • सिटिजन्स बैंकका ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा आकर्षक छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा आकर्षक छुट पाउने भएका छन् । बैंक र बानेश्वर, काठमाडौँस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै ग्राहकहरूले छुट पाउने भएका हुन् ।

    images
    images
    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार