images
images

निगमको दुई न्यारोबडी नियमित उडानमा छन्, अन्डरग्राउन्ड गरिएको दुष्प्रचार भयो : वायुसेवा निगम

निगमको दुई न्यारोबडी नियमित उडानमा छन्, अन्डरग्राउन्ड गरिएको दुष्प्रचार भयो : वायुसेवा निगम

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • निगमको दुई न्यारोबडी नियमित उडानमा छन्, अन्डरग्राउन्ड गरिएको दुष्प्रचार भयो : वायुसेवा निगम

    काठमाडौँ / नेपाल वायुसेवा निगमले दुई ओटा न्यारोबडी जहाज नियमित उडानमा रहेको जनाएको छ । चार ओटै जहाज अन्डरग्राउन्ड भएको भन्ने भ्रामक दुष्प्रचार गरिएको भन्दै निगमले दुई ओटा जहाज उडानमा रहेको जानकारी दिएको हो ।

    images
    images
    images
    images

    त्यस्तै, एउटा वाइडबडी जहाजको पार्टपुर्जा आइतबार साँझसम्म इटलीबाट काठमाडौँ आइसक्ने भएकोले तत्काल मर्मत कार्य सकि आजै बेलुकीबाट उडानमा ल्याउने गरी कार्य भईरहेको निगमको जिकिर छ । 

    “जहाज विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकोले जहाज निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्ड अनुरूप नेपाल वायुसेवा निगमका जहाजहरू नियमित मर्मत सम्भार गर्ने गरिएको छ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “यसका बाबजुत पनि कहिलेकाहीँ जहाजमा आकस्मिक प्राविधिक समस्याहरू आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मत सम्भारपश्चात नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहि आएको छ ।”

    समस्याको प्रकृति र उपलब्ध साधन स्रोतको आधारमा सामान्यतः जहाज केही समयभित्र नै मर्मत सम्भार हुन सकि उडानयोग्य हुन्छ भने कहिलेकाहिँ धेरै समय लाग्न सक्ने निगमको भनाइ छ । 

    प्राविधिक कारणले तीनवटा जहाजका यात्रुहरू दुईवटा जहाजबाट ओसारपसार गर्नुपर्ने भएकोले उडानहरू केही ढिला भएको निगमको स्वीकारोक्ति छ । 

    विज्ञिप्तिमा भनिएको छ, “निगममा कार्यरत जिम्मेवार प्रविधिक एवं अन्य कर्मचारीहरूले मेहनत, लगनशिलता र इमान्दारीतापूर्वक काम गरेका छन् उक्त योगदानको उच्च कदर गर्दै निगमको हितमा अहोरात्र खटिई कार्य सम्पादन गर्दागर्दै वास्तविकता वुझ्ने प्रयास नगरी, वस्तुगत यथार्थ नकेलाइ निगमको साखमा आँच आउने तथा कर्मचारीको मनोवल गिर्ने गरी आधारविहिन ढंगले प्रचार प्रसार नगरीदिनुहुन सम्वद्ध सबैमा आग्रह गरिन्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार