images
images

तेस्रो प्याब्सन अन्तराष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गतेमा, १२ भन्दा बढी सेसनहरू हुने

तेस्रो प्याब्सन अन्तराष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गतेमा, १२ भन्दा बढी सेसनहरू हुने

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • तेस्रो प्याब्सन अन्तराष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गतेमा, १२ भन्दा बढी सेसनहरू हुने

    काठमाडौँ / तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गते अर्थात् नोभेम्बर २९ र ३० का दिन हुने भएको छ । 

    images
    images
    images
    images

    सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयाजना गर्दै प्याब्सनले उक्त शैक्षिक सम्मेलन काठमाडौँको होटल हायत रिजेन्सीमा सम्पन्न गर्ने जानकारी दिएको हो ।  

    सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल हुनेछ । सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइनेछ । 

    सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नेछन् साथै सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र व्रिटिस काउन्सिलद्वारा सहजीकरण गर्नेछन् ।

    सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिताका लागि निश्चित भइसकेको आयोजकले जानकारी दिएको छ । 

    दुई दिनसम्म चल्नेसम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन्, जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ । 

    साथै, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् । 

    अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउन पनि सम्मेलनको उद्देश्य रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार