images
images

नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी ढुङ्गानालाई

नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी ढुङ्गानालाई

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी ढुङ्गानालाई
    images
    images
    images
    images

    काठमाडौँ / अर्थ मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानालाई नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर ढुङ्गानालाई कामु गभर्नरको जिम्मेवारी दिइएको हो । 

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ । 

    वरिष्ठ डेपुटी गभर्नर ढुङ्गानाका नेपालको पहिलो महिला गभर्नर बन्ने दौडमा छन। त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उनलाई प्राप्त भएको हो।

    यतिवेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको  छ । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उनी भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com