images
images

सानिमा बैंकको नाफामा १७.२७ प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी कति ?

सानिमा बैंकको नाफामा १७.२७ प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी कति ?

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • सानिमा बैंकको नाफामा १७.२७ प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / चालू आर्थिक बर्षको पहिलो त्रैमासमा सानिमा बैंक लिमिटेडको खुद नाफा १७.२७ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत बर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेर ३९ करोड ९५ लाख ३० हजार रुपैयाँ कायम भएको हो । गत बर्ष असोज मसान्तसम्म बैंकले ४८ करोड २९ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो । 
    बैंकको सञ्चालन मुनाफा २०.८० प्रतिशत, कुल सञ्चालन आम्दानी ५.१५ प्रतिशत र खुद ब्याज आम्दानी ५.१५ प्रतिशतले घटेसँगै नाफामा दबाब पुगेको हो । 

    images
    images
    images
    images

    सानिमा असोज मसान्तसम्म १ अर्ब ८९ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जब कि गत बर्ष सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९९ करोड ५१ लाख रुपैयाँ बढी थियो । 

    त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ छ ।.

    असोज मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ३.४४ रुपैयाँले घटेर ११ रुपैयाँ ७७ पैसा कायम भएको छ भने नेटवर्थ प्रतिशेयर १५६ रुपैयाँ ९६ पैसा रहेको छ । बैंकको खराब कर्जासमेत गत बर्षको तुलनामा बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.३८ प्रतिशत रहेको छ । 

    Sanima bank note.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार