images
images

प्राइम बैंकको खुद नाफामा १.७५ प्रतिशतले बृद्धि, वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड

प्राइम बैंकको खुद नाफामा १.७५ प्रतिशतले बृद्धि, वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • प्राइम बैंकको खुद नाफामा १.७५ प्रतिशतले बृद्धि, वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ११.७५ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा भने १ अर्ब २८ करोड ६७ लाख ८७ हजार रुपैयाँ कमाएको हो । 

    images
    images
    images
    images

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत, खुद फि कमिशन आम्दानी ७.८७ प्रतिशत र सञ्चालन मुनाफा ११.१५ प्रतिशतले बृद्धि भएसँगै बैंकको नाफा बढ्न सहयोग पुगेको हो । 


    पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ९ लाख १९ हजार रुपैयाँ र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५३ पैसा छ । गत आर्थिक बर्षको तुलनामा बैंकको प्रतिशेयर आम्दानी २ रु७९ पैसाले बढेको हो । 

    बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ अर्ब ८२ करोड ६८ लाख ५५ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकले २ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेर १ खर्ब ८८ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । 

    त्यस्तै, समीक्षा अवधिमा बैंकको सिडी रेसियो ८५.३८ प्रतिशत रहेको छ भने बेस रेट ७.९२ प्रतिशत रहेको छ । गत बर्ष असोज मसान्तमा ६.६७ प्रतिशत खराब कर्जा रहेकोमा समीक्षा अवधिमा बढेर ४.८६ प्रतिशत पुगेको छ । 

    यसैगरी, बैंकको पिई पिई रेसियो ११.२०, ब्याजदर स्प्रेड ३(९८ र र नेटवर्थ प्रतिशेयर १७६ रुपैयाँ २० पैसा रहेको छ । 

    Prime bank note.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार