images
images

राष्ट्र बैंकले तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै, यस्तो छ निर्धारित मूल्य (सूचीसहित)

राष्ट्र बैंकले तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै, यस्तो छ निर्धारित मूल्य (सूचीसहित)

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • राष्ट्र बैंकले तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै, यस्तो छ निर्धारित मूल्य (सूचीसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले तिहारका लागि तिहारका लागि बिक्री गरिने स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ । 

    images
    images
    images
    images

    राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का बिक्री गर्ने जनाएको हो । सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिकमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तो छ निर्धारित मूल्य

    महाशाखाद्वारा तिहारका लागि निर्धारित नयाँ मूल्यअनुसार १० ग्राम लक्ष्मी मेडालिनयन, गणेश मेडालिनयन, गज लक्ष्मी मेडालियनको मूल्य २२ सय रहेको छ । यसअगाडि यी मेडालियनको मूल्य २ हजार रूपैयाँ थियो ।

    यस्तै, १५ ग्राम टक्कसार यान्त्रिकरणको मूल्य ४१ सयबाट ४४ सय, ३१ दशमलव १०३ ग्राम राज्यरोहण १ ओजेडको ७ हजार ९ सय ५० बाट ८ हजार ५ सय ७५ पुगेको छ । यसैगरी २५ ग्राम गाई मेडालियनको ५ हजारबाट ५५ सय रूपैयाँ, १० ग्राम गाई मेडालियनको २ हजारबाट २२ सय रूपैयाँ पुगेको छ।

    यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरिने महाशाखाले जनाएको छ। 

    प्रतिव्यक्ति बढीमा ५ थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) किन्न पाइनेछ। बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म बिक्री खुला गरिने महाशाखाले जनाएको छ।

    undefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार