images
images

विद्युत प्राधिकरणले काट्यो अर्घाखाँची सिमेन्ट र हुलास स्टिलसहित ४३ उद्योगको बिजुली

विद्युत प्राधिकरणले काट्यो अर्घाखाँची सिमेन्ट र हुलास स्टिलसहित ४३ उद्योगको बिजुली

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • विद्युत प्राधिकरणले काट्यो अर्घाखाँची सिमेन्ट र हुलास स्टिलसहित ४३ उद्योगको बिजुली

    काठमाडौँ / नेपाल विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिलसहित ४३ उद्योगको बिजुली काटेको छ । 

    images
    images
    images
    images

    प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन बिहीबार राति काटिदिएको हो । विद्युत प्राधिकरणले विद्युत काटिदिएको कम्पनीहरूमा सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट रहेका छन् । 

    यसैगरी, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ।

    प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता वापतको महसुल बुझाएका थिए। गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

    प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय बिहीबार सकिएको छ । तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका उद्योगहरूको लाइन काटेको प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको हुनाले महसुल बुझाउनुपर्ने पक्षमा छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार