images
images

एमएडब्लु वृद्धिले सञ्चालन गर्यो भक्तपुरमा दिपलको नयाँ सोरुम, थप पाँच सहरमा सञ्जाल विस्तार गर्ने योजना

एमएडब्लु वृद्धिले सञ्चालन गर्यो भक्तपुरमा दिपलको नयाँ सोरुम, थप पाँच सहरमा सञ्जाल विस्तार गर्ने योजना

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • एमएडब्लु वृद्धिले सञ्चालन गर्यो भक्तपुरमा दिपलको नयाँ सोरुम, थप पाँच सहरमा सञ्जाल विस्तार गर्ने योजना

    काठमाडौँ / नेपालका लागि चांगान तथा दिपल इभिको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आज भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । 

    images
    images
    images
    images

    एक समारोहबिच नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काइलाइन मोटरका निर्देशक विशाल पाण्डेले संयुक्त रूपमा दिपलको भक्तपुर सोरुम उद्घाटन गरेका हुन् । 

    उद्घाटन समारोहमा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरू नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्त्वपूर्ण रहेको बताए । 

    “अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,” उनले भने, “सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुर मात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीधान, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ ।”

    साथै, उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताए । 

    त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए । 

    “आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार इभि हुन् । यसबाट नेपाली प्रयोगकर्तामाझ इभिप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ,” उनले भने ।

    उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गर्न पाउँदा आफूले गर्व महसुस गरिरहेको बताए । 

    “६ महिनाअघि सार्वजनिक गरेयता हामीले पाँच सय ५० भन्दा बढी दिपल इभि डेलिभरी गरिसकेका छौँ र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ,” उनले थपे । 

    news deppal.JPG

    कार्यक्रममा स्काईलाइन मोटरका निर्देशक विशाल पाण्डेले भक्तपुरमा औपचारिक रूपमा सोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालिसकेको बताए । 

    एमएडब्लु वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, विरगंज, नारायणघाट, विराटनगर र विर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ । 

    दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार