images
images

पर्यटनमन्त्री पाण्डेले गरे विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङलाई सम्मान

पर्यटनमन्त्री पाण्डेले गरे विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङलाई सम्मान

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • पर्यटनमन्त्री पाण्डेले गरे विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङलाई सम्मान

    काठमाडौँ / संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् । 

    images
    images
    images
    images

    सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थय सम्बन्धी १६ वटा देशका वैज्ञानिकहरुको सहभागिता रहको काठमाडौँमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्दन गरेका हुन्  ।

    उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएकोप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

    मन्त्री पाण्डेले भने, “चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङको उपादी  प्राप्त गरिसक्नुभएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिक भित्र पर्ने वैज्ञानिक हुनुहुन्छ , उहाँले ४७० भन्दा धेरै अनुसन्धान मूलक लेखहरू लेख्नु भएको छ । उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ ।”
    विङडिङले पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा काम गरेको मन्त्री पाण्डेले बताए । 

    मन्त्री पाण्डेले नेपाल र चीनबीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे । 

    उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गर्न आग्रह गरे । 

    साथै, मन्त्री पाण्डेले कोरियाली एवं चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रूपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे । 

    अभिनन्दन कार्यक्रममा बोल्दा विङडिङले नेपालीेहरू आत्मिय रहेको भन्दै नेपाली विद्यार्थीहरूलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनिहरुलाई आफूसँग जोडिन दिन समेत आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार