images
images

इभि आयात १७.९२ प्रतिशतले बढ्दा डिजेल तथा पेट्रोल गाडिको माग घट्दै

इभि आयात १७.९२ प्रतिशतले बढ्दा डिजेल तथा पेट्रोल गाडिको माग घट्दै

इभि आयातमा बृद्धि भएसँगै बाहिरिने रकम र राजस्व सङ्कलनसमेत बढ्यो

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • इभि आयात १७.९२ प्रतिशतले बढ्दा डिजेल तथा पेट्रोल गाडिको माग घट्दै

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को तीन महिनामा इभि गाडिको आयात १७.९२ प्रतिशतले बृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत बर्षको असोज मसान्तसम्मको तुलनामा इभि गाडिको आयात यस बर्ष १७.९२ प्रतिशत अर्थात ३८३ युनिटले बढेको छ । 

    images
    images
    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोज मसान्तसम्ममा २५ सय १८ युनिट इभि आयात भएको छ । 

    गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने २१ सय ३५ युनिट इभि गाडी नेपाल भित्रिएको थियो । आयातमा बृद्धि भएसँगै यसवापत बाहिरिने रकम र राजस्व सङ्कलनमासमेत बृद्धि भएको देखिन्छ ।

    २५ सय युनिट इभि ल्याउदा नेपालबाट ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ बाहिरिएको छ । सो बापत सरकारले ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको देखिन्छ । 

    गत बर्ष असोज मसान्तसम्म इभि गाडि आयात गर्दा नेपालबाट ५ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको थियो भने सरकारले २ अर्ब २४ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । 

    कुन क्षमताको कति इभि भित्रियो ? 

    नेपालबाट चीन, भारत, अमेरिका, जर्मन लगायतका मुलुकबाट इभि आयात हुने गरेको छ । हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । 

    हाल बिवाइडी, हुण्डाई, टाटा, एमजी, महिन्द्रा जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् ।

    नेपालमा ५० देखि ३०० किलोवाट क्षमता इभि आयात हुने गरेको छ । विभागका अनुसार तीन महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका १ हजार ५८२ वटा इभि आयात गरिएको छ ।

    यस्तै, ५० किलोवाटका ७७२ वटा, १०१ देखि २०० किलोवाटका १५९ र २०१ देखि ३०० किलोवाटका ७ वटा इभि आयात भएको छ । 

    नेपालमा सबैभन्दा धेरै चीनबाट आयात हुने गरेको छ । कुल इभि आयातमा चीनको हिस्सा ७०.११ प्रतिशत छ । चालु आवको तीन महिनामा चीनबाट विभिन्न क्षमतका १ हजार ७६७ वटा इभि नेपाल भित्रिएका छन् । चीनबाट कुल ४ अर्ब ७१ करोड ९ लाख रुपैयाँ बराबरको इभि आयात भएको हो । 

    यस्तै, भारतबाट १ अर्ब ३७ करोड २५ लाख रुपैयाँ बराबरको ७४७ वटा, जर्मनीबाट ५ वटा र अमेरिकाबाट एक थान इभि आयात भएको विभागले जनाएको छ ।

    यस्तो छ डिजेल तथा पेट्रोल गाडी आयातको अवस्था

    यत असोज मसान्तसम्म १४ सय ४० युनिट डिजेल पेट्रोल गाडि आयात भएको विभागको तथ्याङ्क छ । चालु आर्थिक बर्षको तीन महिनामा नेपालबाट २ अर्ब ४ करोड ५७ लाख ५८ हजार रुपैयाँ डिजेल तथा पेट्रोल गाडि खरिद गर्दा बाहिरिएको छ ।

    यद्यपि, डिजेल तथा पेट्रोल गाडि खरिद गर्दा बाहिरिएको रकमको तुलनामा दोब्बर बढी रकम सरकारले राजस्ववापत असुलेको देखिन्छ । 

    विभागले १४ सय ४० युनिट डिजेल पेट्रोल गाडि आयात वापत सरकारले ५ अर्ब ८ करोड ८७ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

    घट्यो डिजेल तथा पेट्रोल गाडिको माग 

    इभि गाडिमा प्राप्त हुने सहुलियतलगायतका व्यवस्थाका कारण डिजेल तथा पेट्रोल गाडिमा आकर्षण भने घटिरहेको देखिन्छ । फलस्वरूप पछिल्लो समय डिजेल पेट्रोल गाडीको माग घटिरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    गत आर्थिक वर्षको सोही अवधिमा भने १६ सय ५ युनिट डिजेल पेट्रोल गाडी आयात भएको थियो । जसबाट राज्यको  १ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो भने ५ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

    यता, पेट्रोल कारको बिक्री भने बजारमा केही बढेको देखिन्छ । १५०० सीसीसम्मका पेट्रोल र डिजेल कारको आयातमा केही सुधार हुँदा तीन महिनामा उक्त सङ्ख्याको आयात भएको हो ।

    पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात भारत, थाइल्याण्ड, जापान जस्ता देशबाट सबैभन्दा धेरै भएको छ । साथै, यूरोप, अमेरिकादेखि चीनसम्मका पेट्रोल कारहरू आयात भएको विभागको तथ्याङ्क छ ।

    मोटरसाइकल आयात ६३ प्रतिशतले बढ्यो

    चालु आवको तीन महिनाको अवधिमा दुई पाङ्ग्रे सवारी साधानको आयात ६३ प्रतिशतले बढेको छ । कोभिड-१९ पछि घटिरहेको दुई पाङ्ग्रे सवारीसाधन आयात यस बर्ष भने बढेको देखिएको हो ।

    चालु आवको पहिलो तीन महिनामा ६८ हजार ५३२ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ ।

    अघिल्लो आवको यसै अवधिमा ४२ हजार १०८ युनिट आयात भएको थियो । विभागको तथ्याङ्क अनुसार अघिल्लो आवमा हिरो मोटरसाइकलका आयात रोकिएको थियो भने यो आर्थिक वर्षमा हिरो लगायत अन्य ब्रान्डहरू समेत थपिएको कारण आयातमा सुधार आएको देखिएका छ ।

    पछिल्लो समय प्रिमियम मोटरसाइकलको आयातमा पनि सुधार भएको छ । अघिल्लो आवमा ४ हजार ५१३ यूनिट प्रिमियम मोटरसाइकल आयात भएको थियो भने यो आवको सोही अवधिमा ५ हजार १५३ युनिट आयात भएको छ । 

    यता, अघिल्लो आर्थिक वर्षमा १ लाख ३४ हजार ५३४ युनिटमा मात्र दुई पाङ्ग्रे आयात भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार