images
images

ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्पमा अत्यधिक माग, सोरुमका सबै बाइक बिक्री !

ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्पमा अत्यधिक माग, सोरुमका सबै बाइक बिक्री !

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्पमा अत्यधिक माग, सोरुमका सबै बाइक बिक्री !
    images
    images
    images
    images

    काठमाडौँ / ट्रायम्फ मोटरसाइकल नेपालले आफ्नो एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ । ग्राहकहरूको उत्साहजनक सहभागितासँगै नक्साल शोरुममा उपलब्ध सम्पूर्ण बाइकको स्टक बिक्री भएको छ ।

    ६ दिनसम्म सञ्चालनमा रहेको यो कार्यक्रम नक्सालस्थित बाईकर्स क्याफेमा आयोजना गरिएको थियो, जहाँ विभिन्न ब्रान्डका मोटरसाइकलधनीहरूले आफ्नो पुरानो बाइक साटेर ट्रायम्फमा अपग्रेड गर्ने अवसर पाए ।

    यो एक्सचेन्ज क्याम्प हंसराज हुंलासचन्द एण्ड कम्पनी प्रा. लि. द्वारा आयोजित गरिएको थियो, जो नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हो । 

    कार्यक्रममा बाइकप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखियो र र विश्वविख्यात ट्रायम्फ ब्रान्डमा अपग्रेड गर्न उत्साहित पनि देखिए ।
    एक्सचेन्ज क्याम्पका विशेषताहरू

    स्पट एक्सचेन्ज अफर – जुनसुकै ब्रान्डको पुरानो बाइक तुरुन्तै साट्न सकिने सुविधा ।

    उत्कृष्ट मूल्य ग्यारेन्टी – पुरानो बाइकको लागि सबैभन्दा राम्रो बजार मूल्य प्रदान ।

    सहज फाइनान्सिङ विकल्प – न्यून डाउन पेमेन्ट र किफायती मासिक योजनाहरू ।

    टेस्ट राइड अनुभव – ट्रायम्फ मोटरसाइकलको टेस्ट राइड अनुभव गर्ने अवसर ।

    ट्रायम्फ नेपालको यो एक्सचेन्ज क्याम्पले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । सहभागीहरूले सहज एक्सचेन्ज प्रक्रिया, उचित मूल्याङ्कन, र उत्कृष्ट ग्राहक सेवाको खुलेर प्रशंसा गरेका छन् ।

    यो उत्साहजनक सहभागीता र बिक्रीले ट्रायम्फ ब्रान्डप्रति नेपाली ग्राहकहरूको बढ्दो विश्वास र प्रिमियम बाइकको माग प्रस्ट पारेको छ ।

    “हामीले सोचेभन्दा धेरै उत्साहजनक प्रतिक्रिया पायौं । शोरुममा लगातार आउने ग्राहकहरूको भीड थियो र सबै बाइक छोटो समयमा बिक्री भए । यो एक्सचेन्ज क्याम्प ट्रायम्फ परिवारमा नयाँ राइडरहरू स्वागत गर्ने उत्कृष्ट माध्यम बन्यो”, ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताए ।

    रगेड लुक्स, मजबुत बिल्ड क्वालिटी, र उच्च प्रदर्शनका लागि चिनिएको ट्रायम्फ मोटरसाइकलहरू अहिले शहरभित्रको सवारीदेखि लामो यात्रासम्मको लागि नेपाली राइडरहरूको रोजाइ बन्दै गइरहेको छ । एक्सचेन्ज क्याम्पको यो सफलताले नेपालमा ट्रायम्फ ब्रान्डको विस्तार हुँदै गएको सङ्केत दिन्छ ।

    ट्रायम्फले आगामी दिनहरूमा अझ ग्राहक केन्द्रित अभियानहरू ल्याउँदै, नेपाली बाइकप्रेमीहरूसँगको सम्बन्ध अझ सशक्त बनाउने योजना बनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com