images
images

प्रमाण र सम्झौता नदिने अनि पैसा तिरेन भनेर उद्योगीलाई दुःख दिने : अञ्जन श्रेष्ठ

प्रमाण र सम्झौता नदिने अनि पैसा तिरेन भनेर उद्योगीलाई दुःख दिने : अञ्जन श्रेष्ठ

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • प्रमाण र सम्झौता नदिने अनि पैसा तिरेन भनेर उद्योगीलाई दुःख दिने : अञ्जन श्रेष्ठ

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले प्रमाण माग्दा नदिने, सम्झौता नदिने अनि उद्योगीलाई पैसा तिरेन भनेर दुःख दिने गरेको बताएका छन् । 

    images
    images
    images
    images

    डेडिकेटेड र ट्रंकलाइनको बक्यौताका विषयमा  प्राधिकरणले पटकपटक महसुल माग्दै बिजुली काटेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । 

    नेपाल विद्युत् प्राधिकरणले देशभरका ठूला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकारले बिजुली कटौती गरेको सम्बन्धमा पीडित तथा प्रताडित उद्योगी समूहद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भविष्य छैन भन्ने भाष्य निर्माण भईरहेको बताएका छन् । 

    उनले भने, “अर्थतन्त्रमा समस्या आएको छ। अब यो समस्या सुरु भएको छ। गर्नपर्ने सबै काम भए र सुझाव र प्रतिवेदन पनि आए। तर कार्यान्वयन चाहिँ भएनन्।” 

    अर्थतन्त्र खस्किदै गएको छ १० बर्ष बित्दा पनि सुधार नआएको र एउटै समस्या बल्झाएर राखेको उनको आरोप छ । उद्योग बाणिज्य महासङ्घले उच्चस्तरीय आयोगको प्रतिबेदन दिइसक्दा पनि केही सुधार नभएको उनको भनाइ छ । 

    सरकार अनिर्णयको बन्दीमा बसेको र विदेशी लगानीकर्ताले सुन्दा समेत के भन्ला भन्ने नभएको उनले बताए । 

    उनले भने, “यस्तो अवस्थामा एउटा विदेशी लगानी कसरी आकर्षित हुन्छ ? अर्को कुरा उद्योगीप्रति सोच्ने शैली कहिल्यै परिवर्तन भएन।”


    “यो बेथितिको नमुना हो। लामो समय भयो यसमा राज्यले तत्काल निर्णय गर्नु पर्दछ। उद्योगीले स्पष्ट भनेका छन्, प्रमाण माग्दा नदिने, सम्झौता नदिने अनि पैसा मात्रै तिरेन भनेर उद्योगीलाई दुःख दिन पाइँदैन,” उनले भने । 

    सधैँ आरोप लगाएपछि उद्योगी रिस्क मोलेर थप लगानी गर्न नचाहाने उनलेब ताए । 
     
    यो समस्या तत्काल पारदर्शी ढंगले निर्क्यौल हुन आवश्यक भएको भन्दै उनले थपे, “लाल आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। तर कार्यान्वयनमा प्रमाण दिनुपर्छ। आजभोलि नै यो विषय टुंगो लगाउन आवश्यक छ। मध्यस्थता गर्न महासंघ तयार छ। यो समस्या सधैँका लागि समाधान हुन आवश्यक छ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार