images
images

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’को अनावरण, बिमा बजारको विस्तारमा सहयोग पुग्ने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’को अनावरण, बिमा बजारको विस्तारमा सहयोग पुग्ने

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’को अनावरण, बिमा बजारको विस्तारमा सहयोग पुग्ने

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेको छ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी मानिएको नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच नेपाल लाइफ पाठशालाका अनावरण गरिएको हो । 

    images
    images
    images
    images

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेका हुन् । 

    उक्त कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरू, पेशागत बिमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बिमा अभिकर्ता संघ नेपाल, बिमक समिति नेपाल लाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रमण पराजुलीले नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामा नै सबैभन्दा बढी भएको बताए । 

    साथै, उनले ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने विचार व्यक्त गरे । भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई आग्रह गरे ।  

    नेपाल लाइफले ल्याएको यस प्लाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बिमा अभिकर्ताको तालिम लिन सकिने र यसले बिमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने बताए । 

    हालको लागि नेपाल बिमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरू गर्ने सिइओ पराजुलीले जानकारी दिए । 

    साथै उनले निकट भविष्यमा नै बिमाको महत्व र बिमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ सो प्लाटफर्मलाई सशक्त बनाउँदै लाने उल्लेख गरे । 

    सिइओ पराजुलीले कम्पनीले बिमाको नवीकरण शुल्क दाखिला तथा बिमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गरे । 

    कार्यक्रममा बोल्दै यस कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए । 

    अब बिमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिम नै लिन कुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बिमालाई नेपालीको घरघरमा पुर्याउन सकिने जिकिर गरे ।

    बिमा उद्योगमा यस्तो प्रविधिमैत्री प्लाटफर्मको विकास गर्ने पहिलो कम्पनीको रूपमा नेपाल लाइफ रहेको र यसले सम्पूर्ण नेपाल लाइफकर्मीलाई गौरवान्वित बनाएको समेत बताए ।

    कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा प्रस्तुतिकरण दिएका थिए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगिता माथि प्रकाश पारेका थिए । 

    पेशागत बिमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । 

    साथै, उनले आगामी दिनमा पनि प्रविधिमैत्री कार्यहरूमा नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए । 

    सो प्लाटफर्मले अभिकर्तालाई झन् सहज हुने कुरा जानकारी दिए । 

    कार्यक्रममा बोल्दै पेशागत बिमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लाटफर्मको अनावरण समारोहमा आफू सामेल हुन पाएकोमा खुसी व्यक्त गरे । 

    उनले करिव दुई दशक अगाडि बिमा अभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसीबसी तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफल भएकोमा कम्पनीको प्रशंसासेमत गरे । 

    आगामी दिनमा पनि ग्राहकको सेवालाई केन्द्रबिन्दुमा राखेर विभिन्न प्रविधिमैत्री कार्यहरू कम्पनीबाट हुनेमा आशावादी रहेको उनले बताए । 

    यसैगरी, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सामेल भएका सबै पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे । 

    साथै, उनले इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र सो पथमा लम्की पनि रहेको विचार व्यक्त गरे 

    एक ढङ्गबाट दुई दशक पूरा गरिसकेको नेपाल लाइफ अहिले पनि स्टार्टअप कम्पनीको तौर तरिकाबाट सञ्चालन भइरहेको उनको भनाई छ । प्रविधिको अभावमा अभिकर्ता तथा ग्राहकहरूले भोग्नुपरेको पिर मार्कालाई समाधान गर्न कम्पनी अहोरात्र लागिरहेको उनले बताए । 

    प्रविधिमा आएको आमूल परिवर्तनलाई अङ्गीकार गर्न नसके कम्पनीले सोचे अनुसारको चौतर्फी विकास गर्न नसक्ने हुँदा कम्पनी सदैव एउटा सानो बच्चाको जस्तै जिज्ञासु भएर लागि परेको कयालको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार