images
images

सिटिजन्स बैंक इन्टरनेसनलको साधारण सभा सम्पन्न : लाभांश प्रस्ताव पारित

सिटिजन्स बैंक इन्टरनेसनलको साधारण सभा सम्पन्न : लाभांश प्रस्ताव पारित

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • सिटिजन्स बैंक इन्टरनेसनलको साधारण सभा सम्पन्न : लाभांश प्रस्ताव पारित

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बैंकको साधारण सभा सम्पन्न भएको हो । 

    images
    images
    images
    images

    सभाले गत आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको एन.एफ.आर.एस (NFRS) बमोजिम तयार गरिएको वासलात, नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत गरेको छ । 

    त्यस्तै, बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पनि सभाबाट पारित भएको छ । आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६० बराबरको बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७८७ सहित ५९ करोड ७९ लाख ३५ हजार ७ सय ४७/६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जनाएको छ । 

    सो अवसरमा अध्यक्ष पाण्डेले शेयरधनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । 

    साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको उनले जानकारी दिए । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार