images
images

बागतमी ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उपाधि डीआरएस, लियो र हुम्मिङलाई

बागतमी ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उपाधि डीआरएस, लियो र हुम्मिङलाई

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • बागतमी ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उपाधि डीआरएस, लियो र हुम्मिङलाई

    बागतमी ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उपाधि लियो ईस्पोर्ट्स, डीआरएस गेमिङ र हुम्मिङ बर्डले जितेका छन् । चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा पब्जी मोबाईलतर्फ लियो ईस्पोर्ट्स, एमएलबीबीतर्फ हुम्मिङ बर्ड र अनर अफ किंग्सतर्फ डीआरएस गेमिङ च्याम्पियन बनेका छन् । 

    images
    images
    images
    images

    अनलाईनमार्फत भएको पब्जी मोबाईलमा लियो पहिलो बन्दा टीटूके ईस्पोर्ट्स दोस्रो, किलर अफ माउन्टेन्स तेस्रो र फ्याबुलस फोर चौथो बने । विजेताले क्रमश ६५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

    ल्यान ईभेन्टको रुपमा भरतपुरमा भएको एमएलबीबीको फाइनलमा हुम्मिङ बर्ड पहिलो बन्दा पिङ पोङ दोस्रो बन्यो । एचएफएच ईस्पोर्ट्स तेस्रो र द नाइन्टिन सेभेन्टिफाइभ चौथों बने । विजेता टिमले क्रमश ३० हजार, २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । 
    अनर अफ किंग्समा डीआरएस गेमिङ पहिलो, लियो ई स्पोर्ट्स दोस्रो, गफलाइक ई स्पोर्ट्स तेस्रो र कलर अफ गेम्स चौथौं बनेको छ । विजेता डीआरएसले ५० हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो बनेको लियाले ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

    ई फुटबलमा साकार श्रेष्ठ पहिलो बन्दा, सोनम श्रेष्ठ दोस्रो, लाकेश गुरुङ तेस्रो र बुद्ध बहादुर भट्टराई चौथौं बने । च्याम्पियन साकारले ३० हजार, दोस्रो सोनमले २० हजार, लोकेश र बुद्धले समान १० हजार रुपैयाँ प्राप्त गरे । 

    प्रतियोगितामा ४ सय टिमका करिब २ हजार खेलाडी सहभागी थिए । कात्तिक १ गतेदेखि प्रतियोगिताका खेलहरु अनलाईन छनोट खेलहरु र कात्तिक ९ र १० गते चितवनको भरतपुरमा फाइनल ल्यान ईभेन्ट सञ्चालन गरिएको थियो । प्रतियोगिताका च्याम्पियनलाई आयोजक ई स्पोर्ट्स संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी, बोर्ड सदस्यहरु सजिब भट्टराई, सिजन भटट्टराई, पुकार केसी तथा सह–आयोजक क्यासी स्पोर्ट्सका प्रबन्ध निर्देशक सुभासिष लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए । 

    ई स्पोर्ट्स संघको यस वर्षको पहिलो कार्यक्रमको रुपमा बागमती ई स्पोर्ट्स च्याम्पियनसिप चितवनमा सम्पन्न भएको हो । प्रतियोगितालाई भरतपुर महानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद् सहित विभिन्न नीजि संघ संस्थाले सहयोग गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार