images
images

केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न, २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरू सहभागी

केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न, २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरू सहभागी

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न, २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरू सहभागी

    काठमाडौँ / केटिएम नेपालले हालसालै बहुप्रतिक्षित ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम समापन गरेको छ । कार्तिक ०९ र १० गते भक्तपुरको एड्भान्स राइडिङ एकेडेमीमा आयोजित यो दुई दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’मा सहभागी हुने अवसर प्रदान गरेका थियो ।  

    images
    images
    images
    images

    कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । 

    ktm news.JPG

    साथै, अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षासम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो । 

    दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’ आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ-छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।

    news ktm.JPG

    ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ जसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनायो । केटिएम नेपालले भविष्यमा यस्तै रोमाञ्चक कार्यक्रमहरू आयोजना गर्दै नेपालको सवारी समुदायलाई प्रेरित र संलग्न गराउन तत्पर छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार