काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । उनका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आएपछि उनको रगत परीक्षणका लागि पठाइएको छ । प्रधानमन्त्री ओलीलाई के कारणले ज्वरो आएको सो कुरा भने रिर्पोट आएपछि मात्रै थाहा हुने उनको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा प्रतिकूलता देखिएपछि अहिले उनी प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि आज प्रधानमन्त्रीको अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम राखिएको छैन ।