images
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय
    images
    images

    काठमाडौँ / शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । बैंकले कार्तिक १५ गतेदेखि लागू हुने गरी पाण्डेलाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरेको हो । 

    यसअघि मूख्य व्यवस्थापक पदमा कार्यरत उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको डेढ दशकबढीको अनुभव छ । 

    भारतको द इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटी (आईजीएनओयू) बाट व्यवस्थापनमा स्नातकोत्तर गरेका पाण्डेयसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा रही काम गरेको अनुभव छ । 

    पाण्डेयले भारतको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया (आईसीएआई) तथा नेपालको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आक्यान)बाट सीए गरेका हुन् ।

    ९ वर्षअघि प्रबन्धक पदबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा प्रवेश गरेका उनी अडिट तथा जोखिम व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार