images
images

एकैपटक पोखरा महानगरका १२९ जना कर्मचारीको जागिर चट्, के हो कारण ?

एकैपटक पोखरा महानगरका १२९ जना कर्मचारीको जागिर चट्, के हो कारण ?

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • एकैपटक पोखरा महानगरका १२९ जना कर्मचारीको जागिर चट्, के हो कारण ?
    images
    images

    पोखरा / पोखरा महानगरपालिकाको १२९ जना कर्मचारीको एकैपटक जागिर गएको छ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले अघिल्लो वर्ष महानगरमा स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएपछि उनीहरूको जागिर गएको हो । 

    आयोगको कार्तिक १३ गते बसेको बैठकले प्रदेश भित्रका पालिकामा कार्यरत कर्मचारीहरूको वृत्ति विकास रोकिने र समग्र कर्मचारी संरचनामा समेत असर पर्ने भन्दै नियुत्ति खारेज गरिदिएको हो । 

    महानगरले प्रचलित कानुन पालना नगरी उनीहरूलाई नियुक्ति दिएको आयोगको आरोप छ । 

    पोखरा महानगरमा ३ सय ६१ जनाको संघीय दरबन्दी छ । यद्यपि, पोखरा महानगरमा स्वास्थ्य महाशाखाबाहेकमा मात्र ७ सय ४७ जना कर्मचारी कार्यरत छन् । 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार