images
images

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि आकाशियो डलर, नेपाललाई के फाइदा के बेफाइदा ?

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि आकाशियो डलर, नेपाललाई के फाइदा के बेफाइदा ?

ट्रम्पको कार्यकालमा अमेरिकी अर्थतन्त्रसँगै डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको आकर्षण बन्यो डलर

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि आकाशियो डलर, नेपाललाई के फाइदा के बेफाइदा ?
    images
    images

    काठमाडौँ / अमेरिकी राष्ट्रपतीय परिणाम घोषणा हुने क्रमसँगै विश्व अन्र्थन्त्रमा विभिन्न सङ्केतहरू देखा परे । डलरको भाउ उच्च हुनु, बिटक्वाइनले उच्च रेकर्ड हासिल गर्नु, युरोपेली सेयर बजारमा उछाल आउनु, सुन र तेलको भाउ घट्नु केही उदाहरणहरू हुन् । 

    ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने र टेक अर्बपति एलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गरेका छन्। जसको प्रभाव बिटक्वाइनमा मात्रै होइन एलन मस्कको कम्पनीको सेयरमा पनि परेको देखिन्छ । 

    ट्रम्पको समर्थनमा खरो उत्रिएका मस्कको टेस्ला कम्पनी (सन् २००३ मा स्थापित टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी)को सेययरमा समेत उछाल आयो ।  हिजो नै विश्व बजारमा कच्चा तेल र सुनको भाउमा गिरावट आएको थियो । 

    मतगणनाकै क्रममा विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत, चाँदीको मूल्य १.२१ प्रतिशतमा झरेको थियो । यता, कच्चा तेलको बेलायती बजार ब्रेटमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा झरेको बताइएको थियो । 

    मतगणनाकै क्रममा अमेरिकी बजार वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बजारमा कच्चा तेलको मूल्य १.७५ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ अमेरिकी डलर कायम भएको थियो । 

    उता डलर इन्डेक्स १०५.५ मा पुगेको थियो भने बिटक्वाइनको मूल्य ७६ हजार अमेरिकी डलरको रेकर्ड मूल्यमा पुगेको थियो ।पहिलो कार्यकालमा ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा लिएका थिए । 

    त्यसैले उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको रोजाइ सुन र कच्चा तेल भन्दा डलरमा बढी परेको हो । 

    लगानीकर्ताहरू डलरमा आकर्षित भएका कारण विश्व बजारमा डलरको मूल्य बढेको देखिन्छ । डलरसँगै अन्य केही विदेशी मुद्रा समेत महँगिएको छ । अमेरिकी डलरको भाउ बढ्दा नेपाली मुद्रा भने कमजोर हनु पुगेको छ । 

    ब्याजदर बढ्दा विश्वका लगानीकर्ताहरू अमेरिकामा लगानीका लागि आकर्षित हुन्छन् । जसले गर्दा डलरको माग वृद्धि हुन्छ । डलरको भाउ बढ्दा भारतीय मुद्रा कमजोर हुनु हो । 

    नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो ।  

    डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।
    लामो समयसम्म बिक्री मूल्य १३४ रुपैयाँ ८३ पैसा र १३४ रुपैयाँ ८४ पैसाको वरिपरि रहेको डलरको भाउ मङ्गलबारदेखि भने बढ्न थालेको हो । मङ्गलबार बिक्री मूील्य १३४ रुपैयाँ ८९ पैसा र हिजो बुधबार १३४ रुपैयाँ ८८ पैसा डलरको बिक्री मूल्य तोकिएकोमा आज भने सो मूल्य बढेर एकैपटक १३५ रुपैयाँ १६ पैसा पुगेको हो । 

    नकारात्मक असर 

    अमेरिकी डलरको भाउ बढ्दा विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । 
    मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । 

    नेपाली बजारमा जिरादेखि साग, माछा मासु विभिन्न देशदेखि आइपुग्छ । विदेशबाट ठूलो मात्रामा खाद्य पदार्थ आयात हुन्छ । 

    यसको असर चालु खाता र शोधानान्तरमा समेत पर्ने देखिएको छ भने विदेशी मुद्राको सञ्चिती पनि घट्ने देखिन्छ । 

    चालु आर्थिक बर्षको तीन महिनामा नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्याहोरेको छ जुन गत बर्षको तुलनामा बढी हो । 

    डलरको भाउ बढेसँगै व्यापार घाटा अझै बढ्न सक्ने देखिन्छ । 

    नेपालबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूसँगै अर्बौ रुपैयाँ पनि विदेशिन्छ । डलरको मूल्य बढेका कारण नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले धेरै रकम विदेश पठाउनुपर्ने हुन्छ । 

    नेपालले विदेशी मुद्रामा लिएको ऋणको साँवा र ब्याज डलरको भाउ बढेसँगै बढ्ने गर्छ । यसले अर्थतन्त्रमा अझ बोझ थपिने निश्चित छ ।  

    सकारात्मक असर 

    अमेरिकी डलरको भाउ बढ्दा निर्यात हुने वस्तु, पर्यटन र रेमिट्यान्सबाट भने नेपाललाई फाइदा पुग्ने देखिन्छ । नेपाली रुपैयाँ सस्तो हुँदा नेपाली वस्तु विदेशीहरूका लागि आकर्षक बन्न पुग्छ । 

    नेपाल आएका विदेशी पर्यटकले खर्च गरेमा पनि नेपाललाई फाइदा पुग्छ । पछिल्लो समय यता, नेपालमा वैदेशिक पर्यटकको सङ्ख्यामा बृद्धि भइरहेको छ । 

    यसैगरी विदेशमा हुने नेपालीले कमाएको रकम नेपाल पठाउँदा पनि डलरको मूल्य बृद्धिको लाभ हुने देखिन्छ । 

    नेपालीले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको भाउ बढेको समयमा यसरी पठाउने रकमको परिमाण बढ्न सक्छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार