images
images

कैलालीका  यी ग्रामीण सडकहरु मर्मतपछि सञ्चालनमा

कैलालीका  यी ग्रामीण सडकहरु मर्मतपछि सञ्चालनमा

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • images
    images
    कैलालीका  यी ग्रामीण सडकहरु मर्मतपछि सञ्चालनमा
    images
    images

    गोदावरी (कैलाली) जिल्लाका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका  ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन्।

    images
    images

    वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन् ।

    गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीका अनुसार वर्षाका कारण सो गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मतपछिसञ्चालनमा आएको छ । 

    वडा नम्बर १ भित्र रहेको सडक स्तरोन्नतिका लागि रु आठ लाख ८२ हजार, वडा नम्बर २ स्थित सल्लेखोला–तिल्कनी सडक मर्मत गर्न रु पाँच लाख ८१ हजार, वडा नम्बर ३ स्थित सडकरु तीन लाख ३८ हजारमा मर्मत भएको हो।

    यसैगरी वडा नम्बर ४ स्थित बैसेनी–खैराला हुँदै निगाली सडक मर्मत तथा स्तरोन्नति गर्न रु नौ लाख ६९ हजार, वडा नम्बर ४ पैराठा–आलुगडा हुँदै रानी भुकुडा सडक मर्मत गर्न रु नौ लाख ६९ हजार लागतमा स्तरोन्नति सम्पन्न भएको छ।

    गाउँपालिकाका अनुसार वडा नम्बर ४ चौमाला–गर्भा दरबार हुँदै बसैनीसम्म रु नौ लाख ६९ हजार, वडा नम्बर–५ स्थित कृषि सडकको कामका लागि रु आठ लाख ५३ हजार, वडा नम्बर ६ फल्टुडे–गजार जोड्ने सडक स्तरोन्नतिको लागि रु नौ लाख ६२ हजार खर्च भएको छ।

    गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । 

    वर्षाका कारण अवरुद्ध सडक मर्मत भएपछि आवागमन सहज भएको छ । 

    साथै चुरे गाउँपालिकाका छ वटा वडा सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए । अब यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको चुरे–४ का स्थानीय प्रेम मगरले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार