images
images

अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु

अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
    images
    images

    किमाथाङ्का / सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ । 

    images
    images

    आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा  सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

    उनले आयोजनाको विकासकर्ता कम्पनी एसएपिडिसीले छुट मुआब्जावापतको रु ५३ करोड जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको बताए । यसअघि छ्याङकुटी–दिदिङ सडक खण्डअन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो ।

    त्यसै आधारमा छुट मुआब्जावापत रु ५३ करोड आवश्यक पर्नेमा यसअघि रु २५ करोड मात्र प्राप्त भएको जनाइएको थियो ।  

    सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार