images
images

विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित ‘फिन इलेक्ट्रो टेक’ सम्पन्न, ४० हजारले गरे अवलोकन

विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित ‘फिन इलेक्ट्रो टेक’ सम्पन्न, ४० हजारले गरे अवलोकन

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित ‘फिन इलेक्ट्रो टेक’ सम्पन्न, ४० हजारले गरे अवलोकन

    काठमाडौँ / नेपाल विद्युतीय व्यवसायी महासंघले एघारौँ संस्करणको ‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी सम्पन्न भएको छ । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको उक्त प्रदर्शनी एवं गोष्ठी कार्तिक २९ देखि मंसीर २ गतेसम्म सञ्चालन भएको थियो । 

    ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित फिन इलेक्ट्रो टेकमा अवलोकनकर्ताको उल्लेखनीय उपस्थित थियो। महासंघले आयोजना गरेको यो प्रदर्शनीको पहिलो दिन ७ हजार, दोस्रो दिन ९ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन ७ हजारले गरी जम्मा ४० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

    इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीको प्रयोगमा आएको महत्तवपूर्ण परिवर्तनले दैनिक जीवनमा आएका सहजता र प्रभावकारिताबारे उपभोक्तालाई बुझ्न यस मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ।

    ट्रान्सवर्ल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ विद्युत तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि हुँदै आएको छ । 

    विद्युत जस्तो संबेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरूको यस संस्थाले सदैब आफ्ना सदस्यमार्फत सुरक्षालाई ध्यानमा राखेर नविनतम् र गुणस्तरीय सामग्री बिक्री वितरणमा अविभावकत्त्व गर्दै आएकोले आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका आयोजना महासंघले मेलाको आयोजना गर्दै आएको अध्यक्ष तथा इलेक्ट्रो टेक २०२४ का संयोजक रेशम प्रसाद देवकोटाले बताए । 

    उनका अनुसार उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरू प्रदर्शनी अवधिभरी सञ्चालन गरिएको थियो । 

    ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’को हल भित्र ४४ वटा ब्लकहरू, २८ स्टलहरू रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरू रहेका थिए ।

    एघारौँ संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, टिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एचपिएल, फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ ।

    मेलामा इलेक्ट्रिक मोटर, जेनेरेटर, विद्युत् ट्रान्समिसन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीहरू मेलाको आकर्षण थिए ।

    स्मार्ट ग्रिडहरूमा डिजिटल टेक्नोलोजी र इलेक्ट्रोनिक सामग्रीको प्रयोग गरिन्छ । जसले ऊर्जा वितरण र प्रयोगको निगरानी र नियन्त्रण गर्ने आयोजकले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार