images
images

अध्यक्ष दाहाल, नेपाल र सभामुखद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली

अध्यक्ष दाहाल, नेपाल र सभामुखद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • अध्यक्ष दाहाल, नेपाल र सभामुखद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली
    images
    images

    काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण भएको छ । 

    आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरे । 

    त्यस क्रममा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वका रुपमा नेपाली जनताले सधैँ सम्झिराख्ने प्रतिक्रिया दिए । उनले भने । “उनले र पद््मरत्न तुलाधर शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाएर देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविष्मरणीय छ ।”

    नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २०४६ सालको आन्दोलनलाई सकारात्मक विन्दुमा पु¥याउन लोकतान्त्रिक योद्धाका रुपमा योगदान गरेको स्मरण गर्नुभयो । उनले भने, “संसद्मा सभामुखका रुपमा निर्वाह गर्दा संसद् प्रतिपक्षको भएकाले उसका आवाज र भूमिकालाई उजागर दिनुपर्छ भन्ने मान्यतामा दृढ थिए।”

    यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्व ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसद्लाई बलियो तुल्याउने प्रेरणादायी स्रोतका रुपमा संसदीय इतिहासमा स्थापित भएको प्रतिक्रिया दिए। उनले भने , “ढुङ्गानाजीले स्थापित गरेका उदाहरण  र योगदानका पक्षलाई लिएर जानुपर्छ । 

    त्यसलाई अठोट गरिसकेपछि व्यवहारमा उतार्न सकिन्छ, गर्नुपर्छ ।” यसैबीच नेपाली सेनाले तयार गरेको गाडीमा राखेर सानो गौचरनबाट  स्व ढुङ्गानाको शवयात्रा पशुपति आर्यघाटतर्फ अघि बढेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार