images
images

चार तारेमा स्तर वृद्धि गर्दै ‘होटल जङ्गल क्राउन’, पूर्व पर्यटन मन्त्रीले गरे उद्घाटन

चार तारेमा स्तर वृद्धि गर्दै ‘होटल जङ्गल क्राउन’, पूर्व पर्यटन मन्त्रीले गरे उद्घाटन

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • चार तारेमा स्तर वृद्धि गर्दै ‘होटल जङ्गल क्राउन’, पूर्व पर्यटन मन्त्रीले गरे उद्घाटन

    चितवन / सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका होटलमा लगानी थपेका हुन् ।

    यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि सोमबार नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्व पर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गरे। 

    उनले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताए । होटलका अध्यक्ष डा तिलचन्द्र भट्टराईले तीन तले ४० कोठे नयाँ भवन बनेसँगै चारतारे सुविधा सम्पन्न होटल निर्माण गरिने जानकारी दिए । 

    हाल उक्त होटलको ४३ कोठा सञ्चालनमा छन् । होटलमा बस्ने ग्राहकलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरी चार तारे स्तरमा स्तरवृद्धि गर्न लागिएको उनले बताए । 

    दुई वर्षभित्र सम्पूर्ण निर्माण पूरा गरी नयाँ भवन सञ्चालनमा ल्याइने जनाइएको छ । दुई बिघा बढी क्षेत्रफलमा रहेको होटलको थप लगानी एक अर्ब रहने अध्यक्ष भट्टराईले जानकारी दिए । 

    मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जीप सफारी गरेर चितवन निकुञ्जका जैविक विविधतासगैँ गैँडा, बाघलगायतका जङ्गली जनावर हेर्न मन पराउँछन् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार