images
Logo
images
images
images

मापदण्ड बिपरित गरेका कर्मचारी सरुवा सच्याउन मन्त्री अधिकारीको निर्देशन

मापदण्ड बिपरित गरेका कर्मचारी सरुवा सच्याउन मन्त्री अधिकारीको निर्देशन

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • मापदण्ड बिपरित गरेका कर्मचारी सरुवा सच्याउन मन्त्री अधिकारीको निर्देशन
    images
    images

    काठमाडौँ / तीन सय ८४ कर्मचारीको सरुवामा देखिएको त्रुटी सच्चाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण्मन्त्री बलराम अधिकारीले बिभागलाई निर्देशन दिएका छन् । मन्त्री अधिकारीले मन्त्रालयका सचिव, सहसचिवहरू, बिभागका महानिर्देशकलगायतलाई गलत गर्ने कर्मचारीको बचावटमा नलाग्न र सरुवाको मापदण्ड बिपरित भएका कार्य सच्चाउन निर्देशन दिएका हुन् । 

    गत असोज १५ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग (साविक मालपोत विभाग)ले गरेको ३८४ कर्मचारीको सरुवामा त्रुटि देखिएको उनले बताए । 

    विभागले गरेको सरूवाका विषयमा छानबिन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको निर्देशनमा मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियोे । 

    उक्त समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेका थिए । छानविन समितिले आधाभन्दा बढी सरुवा नियमअनुसार नमिलेको निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले कार्यान्वयनका लागि निर्देशन दिएका छन् । 

    मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेका अनुसार आइतबार मन्त्री अधिकारीको निर्देशनमा उक्त प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्थापन विभागलाई पठाउने निर्णय गरिएको छ । 

    प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयले बिभागका महानिर्देशक शिबप्रसाद रेग्मीलाई लिखित निर्देशन समेत दिइसकेको छ । 

    मालपोतका कर्मचारीहरूको सरूवालाई वैज्ञानिक, पारदर्शी, नियमसंगत बनाउन मन्त्रालयलाई नौवटा बुँदामा सुझाव दिइएको छ । विभागले यसअघि गरेको सरुवा नियम र न्यायसंगत नभएको, सरुवामा आर्थिक चलखेल भएको, असक्त, अपाङ्ग, बालबच्चा भएका महिलाको पीडालाई समेत ख्याल नगरिएको बताइएको छ ।

    उक्त प्रतिवेदन कार्यान्वयन हुँदा उपत्यकाका कार्यालयबाट उपत्यकाकै कार्यालयमा सरुवा गरिएका कर्मचारीहरूको सरूवा संसोधन हुने छ । २८ जना यस्ता कर्मचारी खरिदारदेखि अधिकृतसम्मका छन् । यसैगरी दुई वर्ष अवधि नपुग्दै गरिएको सरुवा पनि संसोधन हुने छ । 

    मन्त्री अधिकारीले तत्कालीन महानिर्देशक कृष्ण सापकोटा सरुवा बिवादमा आएपछि उनलाई अन्यन्त्र सरुवा गराई सो ठाउँमा मन्त्रालयका सहसचिव शिव रेग्मीलाई नयाँ महानिर्देशकमा पठाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार