images
images

फलाम खानी र मल कारखाना खोल्दैछौँ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री ओली

फलाम खानी र मल कारखाना खोल्दैछौँ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री ओली

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • फलाम खानी र मल कारखाना खोल्दैछौँ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :  प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको बताएका छन्  । 

    बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।
    स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरु आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन् । 

    सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ । 

    ‘हामीसँग आठवटा औद्योगिक क्षेत्रहरु छन् । फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरुले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । 

    यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको  योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु । तपाईँहरु लगानी गर्नुस्, लगानी खोन्दै अरुलाई खोला दिइरहनु पर्दैन ।’

    प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलिदो अवस्था बदलिएन भन्नेहरुलाई उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।

    राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए ।

    प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

    ओलीले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले देशलाई आधुनिकिकरण र विकासको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । 

    उनले भने, ‘इप्पानले अध्यारोबाट उज्यालोतर्फ देशलाई डोर्याउन आफ्नो लगानी गरेको छ । इप्पानले धेरै उपलब्धीहरु हासिल गरेको छ । इप्पानले देश विकासमा पुर्याउनु भएको योगदान धेरै नै महत्वपूर्ण  छ । 
    देशलाई एउटा आधुनिकीकरण र विकासको  बाटोमा अगाडि बढाउन धेरै भूमिका खेलेको छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार