काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै काठमाडौँमा बयान लिने तयारी गरिएको छ ।
कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौँ ल्याइएको थियो ।
स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौँमा बयान लिएर कास्की फर्काइएको थियो ।