images
images

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो छ ?

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो छ ?

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो छ ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । 

    आइतबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

    गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार