काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘सिटिजन एनुअल बिजनेस रिट्रिट २०८१’ पोखरामा सम्पन्न भएको छ । कम्पनीले मंसिर १४ देखि पोखरास्थित होटेल ‘पोखरा ग्रान्ड’मा आयोजित सो कार्यक्रम १६ गते सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा देशभरका २५० जनाको सहभागिता रहेको थियो । सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरूको लागि विभिन्न सीप विकास कक्षाहरू नियमित समयको अन्तरालमा राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ ।
यसै सन्दर्भलाई निरन्तरता दिँदै सञ्चालन गरिएको उक्त कार्यक्रमको मूख्य उद्देश्य सिटिजन लिडर्सहरूलाई विभिन्न क्षेत्रहरूमा ज्ञान प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा मूख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाको उपस्थिती रहेको थियो । प्रशिक्षक झाले सिटिजन लिडर्सहरूको क्षमता तथा आत्मविश्वास अभिबृद्धिलाई मध्यनजर गर्दै, बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेशाप्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुतिलगायत एमडिआरटी किन आवश्यक छ जस्ता विभिन्न कुराहरूको प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरूले विविधतामा एकताको भावनालाई झल्काउदै आफ्ना संस्कृतिक पोशाक तथा मौलिक संस्कृतीमा नाच–गान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएका थिए ।
यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरूलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो ।
सो कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरूले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।
एन्युअल बिजनेश रिट्रिट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्णकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाललगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने विश्वास रहेको कम्पनीले लिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उपस्थित सम्पूर्ण सिटिजन लिडर्सहरूको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरूमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको बताए ।
सो कुरालाई मध्यनजर गर्दै, सुचार गरिएको उक्त कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरूको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरू आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा जनाए ।
सोही कार्यक्रममा सिटिजन अर्निङ प्वाइन्टको उद्घाटन पनि गरिएको थियो । आगामी दिनहरूमा पनि यसै प्रकारका विभिन्न तालिम तथा शिक्षामुलक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरेका थिए ।