काठमाडौं/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेको छ ।
कर्णाली प्रदेशबााट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । साथै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेश स्तरिय कार्यक्रम अन्तर्गत सम्मान गरिने कम्पनीको योजाना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको थियो ।
सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अब सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने जानकारी गराए ।
उनले यस स्किमामा नेपालभरबाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोले स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविध पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।