काठमाडौँ / कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरूका लागि वितरण गरेको उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको थियो ।
सूचीकृत भएको बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभांश बापतको रकम साधारण सभाबाट पारित भए लगत्तै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ ।
यदि कुनै सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा भएको नदेखिएमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।