images
Logo
images
images
images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड कोर्टमा आकर्षक छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड कोर्टमा आकर्षक छुट

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फूड कोर्टमा आकर्षक छुट
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रा. लि (काठमाडौँ, कमलपोखरी) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

    सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् । 

    उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    सो समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । 

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार