images
images

तल मुगु नदि छङछङ बग्ने, माथि सधैँ सुख्खा, सिँचाइ नहर निर्माण भएपछि कृषक  दङ्ग

तल मुगु नदि छङछङ बग्ने, माथि सधैँ सुख्खा, सिँचाइ नहर निर्माण भएपछि कृषक  दङ्ग

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    तल मुगु नदि छङछङ बग्ने, माथि सधैँ सुख्खा, सिँचाइ नहर निर्माण भएपछि कृषक  दङ्ग
    images
    images

    मुगु/  छाँयानाथ रारा नगरपालिका –१२ लुम्समा जिल्ला कृषि बिकास कार्यालय मुगुले साना सिँचाई आयोजना अन्तरगर्त साना सिँचाई कार्यक्रमबाट सिँचाईको लागि पक्की नहर निमार्ण भएपछि स्थानिय कृषकहरु निकै खुसी भएका छन् । 

    images
    images

    लुक्स बासीको तरकारी तथा अन्न खेती गर्ने जग्गा भएको लुम्स ज्यूलाको अगाडिबाट मुगु नदि बाह्रै महिना बगिरहन्छ तर खेती गर्ने जग्गाको भू–भाग अग्लो स्थानमा भएको हुँदा खेती गर्ने र तरकारी लगाउने जग्गामा अन्न तरकारी  खेतीगर्दा  आकासको पानिको भर पर्नुपर्ने अवस्था थियो ।

    यो वर्ष जिल्ला कृषि बिकास कार्यालयबाट साना सिँचाई कार्यक्रमबाट सिँचाई  नहर निमार्ण भएपछि खोलाको पानी सहज रुपमा सिँचाई गर्ने र बाह्रै महिना तरकारी र अन्य खेती गर्न सहज हुने भएको भन्दै लुम्स गाउँका कृषक कर्मसिंह कठायतले बताए ।

    लुम्स जिउलामा सिँचाई नहर निर्माणपछि शोभा खोलाबाट आएको पानीमा बाँध निमार्ण गरी खेतबारीसम्म नहर पुगेको छ । 

    mugu - nahar - kulo 22.JPG

    लुम्स गाउँमा रहेको २८ घर परिवारहरुको तरकारी अन्य अन्न उत्पादन गर्ने यही क्षेत्र भएको हुनाले अहिले ५ लाख ५० हजार कृषि विकास कार्यालयको अनुदानमा ८५ मिटर भन्दा बढी लम्बाई सिँचाई कुलो निमार्ण भएपछि स्थानिय नागरीकहरुलाई तरकारी तथा उत्पादन अन्न बालीमा सिँचाई गर्न निकै सहज भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ का कृषक चन्द्र बहादुर कठायतले बताए ।

    मुगुमा रहेको खेतीयोग्य जमिनमा आकासे पानीको भरमा खेती गर्ने क्षेत्र भएको हुनाले आ.व २०८१÷०८२ को बार्षिक कार्यक्रम अनुसार मुगुमा २२ वटा साना सिँचाईका कार्यक्रमको १ करोड ७५ लाख बजेटमा १३ वटा साना सिँचाई निमार्ण भईसकेका छन् । 

    ७ वटा निमार्ण सम्पन्न गर्नको लागि केही काम बाँकी रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार