images
images

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन
    images
    images

    काठमाडौं/  नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । 

    images
    images

    ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । 

    बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । 

    उनले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिनाभरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । “महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा  अवसरहरु उपलब्ध गराउनका लागि सदैव तयार छ”, उनले भने । 

    बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । 

    उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ । 

    पुरुषहरुको सहभागितासँगै हिँड्नु मात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरुले बताए ।
    नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । 

    बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

    नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । 

    बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार