काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काविरुद्धको उजारी सांसदहरूलाई वितरण गरिएको छ । नेपाल स्काउटले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजारी मंगलबार बसेको समितिको बैठकमा सदस्यहरूलाई वितरण गरिएको हो।
२०८० माघ १४ मा उजुरी दर्ता भएको उक्त उजुरी १० महिनापछि मात्रै समिति सदस्यहरूलाई वितरण गरिएको छ।
मन्त्री खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा निवेदन दिएको थियो ।