काठमाडौँ / चार ओटा प्रदेशका डिआइजीहरू सरुवा तथा पदास्थापन भएका छन् । गृह मन्त्रालयले लुम्बिनी, गण्डकी, सुदुरपश्चिम र कोशी प्रदेशका डिआइजीहरू सरुवा गरेको हो ।
गृहमन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको डिआइजीमा दान बहादुर कार्की र कोशी प्रदेशको राजन अधिकारी सरुवा भएका छन् । त्यस्तै, गण्डकी प्रदेशमा भोला बहादुर रावल र सुदूरपश्चिम प्रदेशमा गणेश चन्द पदास्थापन भएका छन् ।
मङ्सिर १७ मा बढुवा भएका ८ जना डिआइजीहरूलाई पदास्थापन गरिएको मन्त्रालयले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई सरुवा गरिएको छ भने विशेष ब्युरोमा सिद्धिविक्रम शाह आएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार ध्रुवराज राउतलाई रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा डम्बर बहादुर विक, अख्तियारमा हिमाल कुमार श्रेष्ठ र प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा उमा प्रसाद चतुर्वेदी पदस्थापन भएका छन् ।