images
images

प्रिमियम सेडानको रूपमा चर्चित जेएम इभि जेएसई सार्वजनिक, केके छन् विशेषता ?

प्रिमियम सेडानको रूपमा चर्चित जेएम इभि जेएसई सार्वजनिक, केके छन् विशेषता ?

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • images
    images
    प्रिमियम सेडानको रूपमा चर्चित जेएम इभि जेएसई सार्वजनिक, केके छन् विशेषता ?
    images
    images

    काठमाडौँ / शौर्य अटोमोबाइल्स प्रा.लि.ले नेपालको प्रिमियम इलेक्ट्रिक गाडी जेएमइभि जेएसई सार्वजनिक गरेको छ ।शुक्रबार एक समारोहमार्फत शोर्य अटोमोबाइल्सले इभि क्षेत्रलाई नयाँ आयाम दिने दावी गरिएको जेएमइभि जेएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको घोषणा गरेको हो । 

    images
    images

    सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा ख्याति कमाएको  जेएमइभि जेएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको दावी छ।

    चीन सरकारबाट इभि उत्पादनको मान्यता पाउने पहिलो कम्पनीद्वारा उत्पादन 

    जिआङ्‌सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडद्वारा निर्मित, जेएसइभि इभी नवपर्यावहनको उच्चतम् स्तरको प्रतिबिम्ब भएको दावी गरिन्छ। 

    सन् २०१५ मा स्थापना भएको जेएमइभि चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट इभि उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो ।

    सन् २०१९ मा रेनल्ट समूहले जेएमइभिमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको छ।

    News.JPG

    आकर्षक, लक्जरी जेएमइभि जेएसईको पफर्मेन्स कस्तो छ ? 

    जेएमइभि जेएसई ले विलासिता, व्यावहारिकता, र पर्यावरणप्रति सजगताको संयोजन गर्दै अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

    नेपालको विविध भूगोललाई मध्यनजर गरी यो गाडि तयार गरिएको कम्पनीले जनाएको छ । यसको ब्याट्री क्षमता प्रतिघण्टा ४९ किलोवाट छ भने मोटर आउटपुट ९९ किलोवाट छ । 

    रेन्ज ४२० किलोमिटर, १७० मिमी ग्राउन्ड क्लियरन्स रहेको कम्पनीले जनाएको छ । जुन नेपालको विविध भूभागका लागि उपयुक्त भएको बताइन्छ । 

    यात्राको अद्वितीय अनुभवका लागि प्यानोरामिक मूनरुफ रहेको छ भने ३६० डिग्री एभिएम भिजुअल सिस्टम रहेको छ । यसले सुरक्षालाई थप मजबुत बनाउने बताइन्छ । 

    मिशेलिन हाओयु ४ म्युट टायरहरू रहेको यो गाडिमा शान्त र सहज यात्रा सुनिश्चित गर्न सकिन्छ । 

    दैनिक सुविधाको लागि उपयुक्त मानिएको गाडिमा बुट स्पेस ४१० लिटर रहेको छ र 

    यी अत्याधुनिक विशेषताहरूले जेएमइभि जेएसईलाई स्टाइल, आराम, र प्रदर्शन खोज्ने पर्यावरण सचेत चालकहरूका लागि प्रिमियम विकल्प बनाएको छ। 

    news0.JPG

    मूल्य र उपलब्धता

    जेएमइभि जेएसईको मूल्य हाललाई ५३ लाख ९९ हजार तोकिएको छ । शौर्य अटोमोबाइल्स शो(रुम, दरबारमार्ग, काठमाडौँमा गएर ग्राहकहरूले उक्त अद्वितीय गाडीको अनुभव लिन र टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ । 

    जेएमइभि नेपालमा उपलब्ध हुनुले दिगो गतिशीलता प्रवर्द्धन र नेपाललाई हरित ऊर्जातर्फ लैजाने, शौर्य अटोमोबाइल्सको प्रतिबद्धतालाई बलियो बनाएको कम्पनीको भनाई छ। 

    जेएमइभि सार्वजनिक समारोहमा बोल्दै, शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ता भने, जेएमइभि जेएसई कुनै साधारण गाडी मात्र होइन, यो नवपर्यावहन, विलासिता, र जिम्मेवारीको प्रतीक हो। यसको अतुलनीय विशेषताहरू र प्रदर्शनले यसलाई वास्तवमै ‘द मोस्ट भ्याल्एवल प्रिमियम सेडान’को रूपमा स्थापित गरिएको छ । हामी य विश्वव्यापी इभि नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ ,”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार