images
images

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो डिजिटल भुक्तानी केन्द्र, ग्राहकहरूलाई फाइदा के ?

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो डिजिटल भुक्तानी केन्द्र, ग्राहकहरूलाई फाइदा के ?

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो डिजिटल भुक्तानी केन्द्र, ग्राहकहरूलाई फाइदा के ?
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्र सञ्चालन गरेको छ । ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने उद्देश्यले बैंकले यस्तो भुक्तानी केन्द्र सञ्चालनमा ल्याएको हो । 

    बैंकको नीति बमोजिम डिजिटल भुक्तानी केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरू प्रवाह गरिने बैंकले जनाएको छ । सो अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विधार्थीहरूको आवेदन तथा अध्ययन शुल्क, पि.टि.ई, स्याट, यु.एस.एम.एल.ई, जि.आर.ई, ए.सी.सी.ए जस्ता कोर्सहरुको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिने जनाइएको छ ।

    यस किसिमको सेवाको शुभारम्भ सँगै ग्राहकहरुको नविनत्तम भुक्तानीका माध्यमहरुको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ । 

    यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस ९एनसीएचएल० बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

    डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार