images
images

नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँबिच सम्झौता, ग्राहकहरूलाई आकर्षक छुट

नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँबिच सम्झौता, ग्राहकहरूलाई आकर्षक छुट

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँबिच सम्झौता, ग्राहकहरूलाई आकर्षक छुट
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड र रेडिसन होटेल काठमाडौँबिच सम्झौता भएको छ । सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने गरी बैंकले रेडिसन होटलसँग सम्झौता भएको हो । 

    उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कूमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र रेडिसन होटेल काठमाडौँका निर्देशक (खाद्य तथा पेय पदार्थ), श्री केदार पाण्डेले आदानप्रदान गरेका थिए ।

    उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार