काठमाडौँ / फोनपेले आफ्नो अभियान ‘नेट सेट गो !’ सार्वजनिक गरेको छ । कम्पनीले उक्त अभियानअन्तर्गत फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गर्ने उक्त अफर सार्वजनिक गरेको हो ।
सो अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।
उक्त अभियानको अवधि पुस २९ सम्म हुनेछ। लक्की ड्रमार्फत विजेताहरूको चयन गरिनेछ । जसमा ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।
सो अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो ।
कसरी सहभागी हुने ?
फोनपेको ‘‘नेट सेट गो !’ अभियानले तपाईंको इन्टरनेट बिल भुक्तानीलाई रोमाञ्चक अवसरमा परिणत गर्दछ । सहभागी हुनका लागि तल उल्लेख गरेअनुसार गर्नुपर्नेछ ।
१. मोबाइल बैङ्किङ एप खोल्नुहोस् : फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस् ।
२. फोनपे बिल्स चयन गर्नुहोस् : एपमा ‘भुक्तानी’ वा ‘बिल भुक्तानी’ सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस् ।
३. इन्टरनेट बिल चयन गर्नुहोस् : ‘इन्टरनेट’ ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस् ।
४. बिल विवरण प्रविष्ट गर्नुहोस् : आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस् ।
५. ३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस् : लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्समार्फत तिर्नुहोस्।
६. भुक्तानी पुष्टि गर्नुहोस् : सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस् ।
फोनपे बिल्समार्फत इन्टरनेट बिल भुक्तानी गर्ने फाइदाहरू
१. सहजता : फोनपे ले तपाईंको इन्टरनेट बिल भुक्तानी गर्दा लामो लाइनको झन्झट बिना छिटो र सहज प्रक्रिया प्रदान गर्दछ।
२. छिटो र सरल : फोनपे ले तपाईंको भुक्तानीलाई छिटो र सजिलो बनाउँछ, जसले तपाईंको समय बचत गर्छ।
३. सुरक्षित लेनदेन : फोनपे ले उच्च सुरक्षा प्रोटोकलहरूको प्रयोग गरी तपाईंको व्यक्तिगत र भुक्तानी जानकारीको सुरक्षा सुनिश्चित गर्दछ।