काठमाडौँ / अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा १०० वर्षको उमेरमा उनको निधन भएको हो ।
सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् ।
राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।