काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न भएको छ । कम्पनीले देशभर विभिन्न समयमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको हो ।
सिटिजन्स लाइफ इन्स्योरेन्सले पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौँडा क्षेत्रलगायत नारायणगढ शाखाका अभिकर्ता एवम् त्यहाँको सम्पूर्ण कर्मचारीहरू र केही विभागिय प्रमुखहरू समेतको सहभागितामा सो तालिम सम्पन्न गरेको थियो । तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषक राज पौडेलले प्रस्तुत गरेका थिए ।
उक्त तालिममा गैरकानुनी कमाई र आतङ्ककारी कार्यबाट सङ्कलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।
उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । गतसाल झैँ यस २०८१ सालामा पनि कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौ र अन्तिम स्थान हो ।
यस भन्दा पहिले मङ्सिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरूका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कार्तिक १० गते पोखरामा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौँमा यस तालिम सम्पन्न गरिएको थियो ।
बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपालभरी सम्पन्न गरेको छ।