काठमाडौँ / वाणिज्य बैंकहरूले माघ महिनाको लागि ब्याज दर तोकेको छ । जसअनुसार हाल सञ्चालनमा रहेका २० मध्ये तीन ओटा बैंकहरूले मात्रै निक्षेपको ब्याज दर घटाएका छन् भने १६ ओटाले पुस महिनाकै ब्याज दरलाई निरन्तरता दिएको छ । व्यक्तिगत निक्षेपतर्फ एउटा बैंकले मात्रै ब्याज दर बढाएको छ ।
व्यक्तिगत खातातर्फ नेपाल एसबिआई बैंक र कृषि विकास बैंकले ब्याजदर घटाउदा लक्ष्मी सनराइज बैंकले बढाएको हो। संस्थागततर्फ भने एसबीआई र नेपाल बैंकले पुस महिनाको तुलनामा न्युन ब्याज दर कायम गरेको छ भने सिटिजन्स बैंकले बढाएको छ ।
तरलता (लगानीयोग्य रकम) बैंकमा थुप्रिएपछि वाणिज्य बैंकहरूले कात्तिक महिनासम्म लगातार निक्षेपको ब्याजदर घटाएका थिए । बैंकहरूमा तरलता बढेपछि समय समयमा राष्ट्र बैंकलेसमेत उपकरण जारी गर्दै खिचिरहेको छ । पछिल्लो समय सामान्य सुधार भइरहेको बताइरहे पनि अझै तरलता कायमै रहेको बताइन्छ ।
पुसको तुलनामा माघमा भने अधिकांश बैंकले ब्याज दर परिवर्तन गरेका छैनन् ।