काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ ।
महाशाखाका अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो ।
हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम् तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुनेछ ।