images
images

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान
    images
    images

    नयाँ दिल्ली / भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६)को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।

    अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र कुल मूल्य अभिवृद्धि (जिभिए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ ।

    अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेस गरिन् । 

    सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि–बजेट दस्तावेज हो । अर्थमन्त्रीले शनिबार सङ्घीय बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार